विकास र समृद्धीको भिजन र दृष्टिकोण एमालेसँग मात्रै छः महेश बस्नेत

डिसी नेपाल
२७ जेठ २०८० २१:४२
12
Shares

काठमाडौं। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै रहेको दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भको रूपमा स्थापित गरेको उनले बताए। प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्व्याउन सफल भएको बस्नेतले आरोप लगाए।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताए। उनले देश बनाउने अभियानमा सबै दलहरु एकमत भएर अघि बढ्नुपर्ने धारणाा राखे।

नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए। नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल नै भएको दाबी गरे।

नेता खतिवडाले नागरिकता विद्येयक प्रमाणीकरण भएकोमा कसैले पनि विरोध गर्नुको अर्थ नभएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.