पोखराको मदरल्याण्ड माविद्वारा फुटबल खेलाडी भण्डारी सम्मानित

डिसी नेपाल
२७ जेठ २०८० २२:०२
76
Shares

कास्की । पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई नगदसहित सम्मान गरेको छ ।

भण्डारीलाई मदरल्याण्ड माविले नगद रु २५ हजारसहित सम्मान गरेको हो । उनलाई पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दीपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सम्मान गरेका थिए ।

सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन् । विसं २०७० देखि फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा ‘डेब्यु’ गरिन् । सन् २०१४ मा भएको साफ च्याम्पियनसीपमा उनी देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइन् । हालसम्म उनले देशको प्रतिनिधत्व गर्दै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । यही योगदानस्वरुप विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल बरालले बताए ।

सम्मान ग्रहणपछि भण्डारीले असम्भव केही नभएकाले भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताइन् । विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफू खेलकुदमा लागि रहने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.