रिलायन्स फाइनान्सले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। रिलायन्स फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.३४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको ६.५ प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँबराबरको बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३४ प्रतिशतले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment