के गर्दैछिन् पूर्वराष्ट्रपति विद्या भण्डारी?
तत्काल सक्रिय राजनीतिमा नआउने
काठमाडौं। राष्ट्रपतिको रुपमा दुई कार्यकाल पूरा गरी फागुन २९ गते शितल निवासबाट बाहिरिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला बालुवाटारस्थित छोरी उषाकिरणको घरमा बस्छिन्।
दुई कार्यकाल राष्ट्रपति हुँदा विवाद र प्रसंसा दुवै कमाएकी भण्डारी यतिबेला भने फुर्सदिलो बनेकी छन्। सामान्य घेटघाट र फाट्टफुट्ट सार्वजनिक कार्यक्रममा सहभागी हुनु बाहेक उनी बाँकी समय अध्ययनमा नै बिताउँछिन्।
विभिन्न क्षेत्रमा विषेशगरी सामाजिक क्षेत्रमा व्यक्तिसँग भेटघाट गर्ने, समाजिक र राजनीतिक विषयमा चिन्तन गर्ने पूर्वराष्ट्रपति भण्डारीलाई बेला बेलामा सक्रिय राजनीतिमा आउन सुझाव दिनेको पनि कमी छैन।
उमेर र अनुभवका हिसावले पनि सक्रिय राजनीतिमा आउनुपर्छ भन्नेमा एमालेकै नेता कार्यकर्ता बढी छन्। तर उनले अहिलेसम्म सक्रिय राजनीतिमा आउने विषयमा मुख खोलेकी छैनन्। बरु आफू सामाजिक काममा सक्रिय हुने बताउँद आएकी छन्।
भण्डारीका तत्कालीन प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार केही सामाजिक कार्यक्रम र सामाजिक व्यक्तिसँगको सामान्य भेटघाट बाहेक भण्डारीको अधिकांश समय अध्ययनमा नै बित्छ।
बुढानिलकण्ठस्थित चपलीमा रहेको पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा मर्मत संहारको काम चलिरहेकाले उनी शितल निवासबाट बाहिरिएपछि छोरीको घर बालुवाटारमा बस्दै आएकी छन्। एक दुई हप्तापछि भण्डारी आफैं निवास चपली सर्ने योजनामा उनी छिन्।
राष्ट्रपतिबाट विदा हुने बेलामा माओवादी केन्द्रसमेत रहेका वर्तमान प्रधानमन्त्री का अध्यक्ष पुष्पकमल दहालले भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेका थिए।
दाहालले उमेर र अनुभव दुवै भएका कारण सक्रिय राजनीतिमा आउन सुझाव दिएका भएपनि भण्डारीले सक्रिय राजनीतिमा अउने बारेमा नसोचेको जवाफ दिएको सार्वजनिक भएको थियो।
एमालेका एउटा समूह विद्या भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउनुपर्ने पक्षमा छ। एमाले नेता गोकुल बास्कोटाले सार्वजनिक रुपमा नै विद्या भण्डारीलाई एमालेको राजनीतिमा फर्काउनु पर्ने बताएका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका ‘असंवैधानिक’ सिफारिसलाई तत्काल कार्यान्वयन गरेको भन्दै भण्डारीको आलोचना हुने गरेको थियो।
विशेष गरी ओलीले गरेको संसद विघटन राष्ट्रपतिले मध्यरातमा सदर गरेको भन्दै आलोचना हुँदा कतिपय अवस्थामा शितल निवासमा बसेर गुटको राजनीति गरेकोल आरोपसमेत लागेको थियो।
तर पछिल्लो समय संसदका दुवै सदनबाट पारित गरेर प्रमाणीकारणका लागि शितल निवास पठाएको नागरिकता विधेयक रोकेर राष्ट्रपतिले राष्ट्र र राष्ट्रियताका पक्षमा अडान लिएको भन्दै प्रसंसा भएको थियो।
तर भण्डारीले रोकेर राखेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रियागत त्रुटीका बीच पनि जारी गरेका छन्। यद्यपि सर्वोच्च अदालतले अहिले सो विधेयक कार्यान्वायन नगर्न आदेश दिएको छ।
राष्ट्रहित नहुने देखेपछि आफूले आफ्ना सरोकार राखेर फिर्ता पठाएको विधेयकलाई राष्ट्रपति पौडेलले जारी गरेपछि पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया त दिएकी छैनन्। तर, जस्ताको तेस्तै विधेयक जारी हुँदा त्यसले देश र जनतालाई फाइदा नपुग्ने उनको बुझाइ भने कायमै रहेको छ।
नागरिकता विधेयकप्रति मात्रै नभएर अहिलेको समग्र राजनीतिकप्रति नै पूर्वराष्ट्रपति भण्डारी चिन्तित रहेको उनी निकट स्रोतले जनाएको छ। नेताहरुमा देश र जनताप्रति भन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले आफू निकटहरुसँग चिन्ता व्यक्ति गर्ने गरेकी छिन्।
हेर्नुहोस् भिडियो:







डिसी नेपाल








Facebook Comment