के शुभमन गिल नटआउट थिए, के भन्छन् मानिसहरू ?

डिसी नेपाल
२८ जेठ २०८० १६:२३
9.7k
Shares

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल भारत र अष्ट्रेलियाबीच हुँदैछ । चौथो दिनको इनिङ्स सकिएपछि भारतलाई जितका लागि २८० रन आवश्यक छ ।

भारतीय ओपनर शुभमन गिल सहित तीन जना भारतीय खेलाडी आउट भएपनि उनीहरूलाई थर्ड अम्पायरले आउट दिने तरिकामा अहिले प्रश्न उठिरहेको छ ।

वीरेन्द्र सहवाग, वासिम जाफरदेखि लिएर धेरैले सामाजिक सञ्जालमा शुभमनको पक्षमा लेख्दै थर्ड अम्पायरको निर्णय गलत भएको बताएका छन् ।

वास्तवमा जब भारतीय टोली ४१ रनको स्कोरमा पुग्यो, स्कट बोल्याण्डको एउटा बल शुभमन गिलको ब्याटको बाहिरी छेउमा छोएर स्लिपतिर गयो । त्यहाँ उभिएका क्यामरुन ग्रीनले बल आफ्नो हातमा लिए ।

मैदानमा रहेका अम्पायरलाई यो क्याचमा शंका लागेपछि उनले थर्ड अम्पायरको मद्दत मागे र अन्त्यमा थर्ड अम्पायरले क्याचलाई सही मानेर आउट गरे ।

क्यामरुन ग्रीनले क्याच समात्दा बल जमिनमा ठोक्किरहेको थियो भन्ने प्रश्न उठाउनेहरू बताउँछन्।

यसैमा पूर्व क्रिकेटर वीरेन्द्र सहवागले ट्वीट गर्दै प्रश्न उठाएका छन् । फोटो सेयर गर्दै उनले थर्ड अम्पायरले आँखामा पट्टी बाँधेर यो निर्णय लिएको र प्रमाण नभएको र शंका हुँदा उक्त व्यक्ति नआउट हुनुपर्ने भन्न खोजेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.