ओ एस आर डिजिटल र डिशहोमबीच सहकार्य
काठमाडौँ। ओ एस आर डिजिटल र डिशहोमबीच सहकार्य भएको छ। नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले यी दुई कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको हो।
ओ एस आर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ। ओ एस आर डिजिटलका विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र एक्सक्लुसिभ च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन्।
यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरुको मज्जा लिन सक्नुहुनेछ भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment