मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’
काठमाडौँ। निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आव्हन गरेको छ। फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो।
फिल्ममा यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ। उनी द्वन्द्व निर्देशक पनि हुन्। निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले यो समयसीमा असार ७ गतेसम्म रहेको बताए।
निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो। जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ।
यो अडिसनमा १ सय ५१ जना सहभागी थिए। दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ। राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन्।
फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन्। फिल्ममा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन्।







डिसी नेपाल







Facebook Comment