यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

डिसी नेपाल
२९ जेठ २०८० १०:३८
240
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्यसूची सार्वजनिक गरेको छ। जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १८० रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी मूल्य ५० रुपैयाँ, आलु रातो ३८ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, कागती १६० रुपैयाँ, चमसूरको साग रू १०० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काक्रो ८० रुपैयाँ, अदुवा प्रतिकेजी २४० रुपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ,अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *