दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट

डिसी नेपाल
२९ जेठ २०८० १६:३३
36
Shares

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा असार ४ गतेसम्म च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा नेपाल,भारत,माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा हरेक देशबाट एक एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरि १०–१० जना खेलाडीको सहभागिता जनाउने छन् । राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरबीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए । च्याम्पीयनसीप सम्पनन गर्न करिव ४० लाख रुपैया खर्च हुने अनुमान गरेको उनले बताए ।

प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् भने महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.