सुदूरपश्चिम स्पोर्टस अवार्डलाई संजीवनी अस्पतालको साथ

डिसी नेपाल
२९ जेठ २०८० १९:५१
28
Shares

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा रहेको संजीवनी अस्पताल जोडिएको छ । धनगढीको अस्पताल लाईन र राष्ट बैंक छेउमा सञ्चालनमा रहेको संजीवनी अस्पतालले विधा प्रायोजन गरेर साथ दिएको हो । संजीवनी अस्पतालले वर्ष खेलाडी पुरुष विधालाई प्रायोजन गरेको हो । यो विधाको नाम अव संजीवनी अस्पताल वर्ष खेलाडी पुरुष रहनेछ ।

प्रायोजन सम्बन्धी सम्झौंता पत्रमा संजीवनी अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिँदै अस्पताकाल अध्यक्ष बस्नेतले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए ।

धनगढीको सेती प्रादेशिक अस्पताल छेउमै सञ्चालनमा रहेको संजीवनी अस्पतालले गत साउनदेखि विशेषज्ञ सेवा दिदैं आएको छ । १५ वेडको अस्पतालले बिशेषज्ञ सेवाहरु दिन थालेपछि विरामीहरु पनि लाभान्वित भएका छन् । ८ करोडको लगानीमा सुरुवात गरिएको अस्पतालको शैय्यासँगै लगानी बढाएर सेवाहरु विस्तारको काम पनि थालिसकेको छ । सेती प्रादेशिक अस्पताल छेउका साथै बिशेषज्ञा सहितका सेवाहरु थपेर नेपाल राष्ट्र बैंक छेउमा पनि अस्पतालको सेवाहरु सुचारु गरिएको  छ ।

दुई ठाउँमा सञ्चालनमा ल्याईएको संजीवनी अस्पतालले ६ प्रकारका विभिन्न सेवाहरु सहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आमा सुरक्षा कार्यक्रमलाई अस्पतालले पहिलो प्राथमिकतामा राखेर सेवा दिईरहेको छ । आमा र शिशुको अलग्गै विभाग बनाएर स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रविधिमय बनाउँदै लगेको अस्पतालको दावी रहेको छ । महिला तथा बालरोग बिशेषज्ञ सेवाका लागि आईसियु र एनआईसियु छुट्टा छुट्टै रुपमा अस्पतालमा रहेको छ ।

अन्य विशेषज्ञ सेवाहरु दिनका लागि आवश्यक सबै जनशक्तीहरु अस्पतालमा पर्याप्त रहेका छन् । अस्पतालाई ५० वेडको रुपमा सञ्चालन गर्ने तयारी गरिएका छ । त्यसका लागि आवश्यक मापदण्डहरु पुरा गर्दै निर्देशिका अनुसार नै सञ्चालनका लागि अस्पतालले गृहकार्य गरिरहेको छ । कुनै समय सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको स्थितिमा अब अन्यत्रभन्दा पनि गुणस्तरीय स्वास्थ्य सेवालाई संजीवनी अस्पतालले पनि आत्मसाथ गरिसकेको छ । आगामी दिनमा थप सेवाहरुलाई पनि अगाडी बढाउँदै लैजाने योजना अस्पताल सञ्चालकहरुको रहेको छ ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनीक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.