स्वास्थ्य उपचारका लागि देउवा आज सिंगापुर जाँदै

डिसी नेपाल
३० जेठ २०८० ७:५९
424
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन्। सभापति देउवा आज राति ११ सिंगापुर एयरलाइन्सबाट त्यसतर्फ जान लागेका हुन्।

नियमित फलोअपका लागि देउवा सिंगापुर जान लागेका हुन्। पेट सम्बन्धि समस्या देखिएपछि देउवाले विगत १३ वर्षदेखि सिंगापुरमा एक जना डाक्टरलाई नियमित रुपमा देखाउँदै आएका थिए।

दुई-दुई वर्षमा फलोअपमा जानुपर्ने भएपनि पछिल्लो पटक विभिन्न कारणले तीन वर्षदेखि जान नसकिएको र यो पटक फलोअपकै लागि देउवा सिंगापुर जान लागेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

परिवारका अनुसार देउवासँग पत्नी आरजू देउवा र सहयोगी भानु देउवा पनि सँगै जाने छन्। उपचार सकिएपछि देउवा स्वदेश फर्किने तयारी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.