पाकिस्तान एसँग नेपाल ९ रनले पराजित
काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान एसँग ९ रनले पराजित भएको छ । पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रन मात्र बनाउन सकेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ए महिला टोलीले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
पाकिस्तानका लागि शवाल जुल्फिकरले २८, सदाफ शमासले १२, कप्तान फातिमा सनाले १६ र गुल फिरोजाले ११ रन बनाए ।
नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र सीता राना मगरले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कविता कुँवरले २० रन बनाइन् । कविता जोशीले १५ रन बनाउँदा अरु कुनै पनि ब्याटरले दाहोरो अंकमा स्कोर गर्न सकेनन् ।
पाकिस्तानका लागि तुबा हसन र आयशा आरुब शाहले २–२ विकेट लिए । अनोशा नासिर र उम ए हानीले १–१ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment