देउवा र आरजु छुट्टाछुट्टै सिंगापुरमा, एक सातासम्म उपचार हुने

डिसी नेपाल
३१ जेठ २०८० ८:३२
144
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।

स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेको उनको सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन्। सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी हुन ।

देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परे पछि उनी तीन बर्ष अघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए ।

उनी एक सातापछि स्वदेश फर्किन छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.