भ्रष्टाचार विरुद्धको लडाइँबाट प्रतिक्रियावादीहरु अत्तालिएः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको लडाइँबाट प्रतिक्रियावादीहरु अत्तालिएको बताएका छन्।
प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकार भ्रष्टाचार विरुद्धको लडाइँमा दत्तचित्त भएर लागेको बताउँदै सरकारको प्रतिरक्षा गर्न प्रेस सेन्टरलाई निर्देशन दिए।
उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु अतालिएका छन्।’
उनले परम्परागत शक्तिहरु एजेण्डबिहिन बनेका र जनतामा नांगिएको पनि बताए । प्रधानमन्त्रीले राम्रो काम गरेर मात्रै नभई राम्रो कामको प्रचार गर्दै जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गरे।
उनले भने, ‘सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ। प्रेस सेन्टरले यसको पहल गर्न जरुरी छ ।’
प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्था आफूहरु सहज स्थितिमा नभएर अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट पहल लिएको बताए।
प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारहरुले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।







डिसी नेपाल








Facebook Comment