अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ (फोटोफिचर)

डिसी नेपाल
३१ जेठ २०८० १५:०५
304
Shares

काठमाडौँ। काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए।

उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.