परिणीतिका कारण अलग्गिएका थिए सुशान्त र अंकिता

डिसी नेपाल
३१ जेठ २०८० १५:२२
9.8k
Shares

मुम्बई। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको बुधबार ३ वर्ष पुगेको छ। उनको १४ जुन, २०२० मा निधन भएको थियो। उनको निधनको ठूलो झड्का पूर्व प्रेमिका अंकिता लोखण्डेलाई भएको थियो। सुशान्त र अंकिताको प्रेमकथा आज पनि जोकोहीले सम्झन्छन्।

सुशान्त र अंकिताको पहिलो भेट सन् २००९ मा टेलिफिल्म ‘पवित्र रिश्ता’को सेटमा भएको थियो। यही भेटले उनीहरु नजिकिएका थिए। उनीहरु नजिकिएनन् मात्र, ६ वर्षसम्म लिभ इन रिलेसनमा नै बसे। सुशान्तले अंकितालाई ‘झलक दिखला जा’को सेटमा विवाहको प्रस्ताव गरेका थिए, प्रस्तावलाई अंकिताले स्वीकारेकी थिइन्।

तर जब सुशान्तले फिल्ममा पाइला चाले, उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो। उनीहरुको सम्बन्धमा दरार आउने कारण थिइन्, अभिनेत्री परिणीति चोपडा।

फिल्म ‘शुद्ध देसी रोमान्स’मा सुशान्तले अभिनेत्री परिणीति चोपडासँग रोमान्स गरेका थिए। उनीहरुले रोमान्सको क्रममा एकअर्काले चुम्बन गरेको दृश्य चर्चाको विषय बनेको थियो। सुशान्त र परिणीतिको चुम्बनको दृश्यबाट अंकिता यति रिसाइन् कि उनले सुशान्तलाई थप्पड नै हिर्काइन्। त्यसपछि विस्तारै सुशान्त र अंकिताको सम्बन्धमा दरार आउन थाल्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.