भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली

डिसी नेपाल
३२ जेठ २०८० ८:०६
264
Shares

काठमाडौं। नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रँदैछ। एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगिता अन्तर्गत नेपाल आज भारत ए सँग खेल्दैछ।

आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ वाट सुरु हुनेछ। सो खेल हङकङको मोंग कोकमा हुनेछ।

पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रँदैछ।

उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.