७ असारबाट आईपीओ जारी गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर

डिसी नेपाल
३२ जेठ २०८० ९:३३
200
Shares

काठमाडौँ। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले असार ७ गतेदेखि आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला  गर्न लागेको हो।

कम्पनीले बिक्री खुला गर्ने २४ लाख ९८ हजार ४० कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँबराबरको अर्थात १०० अंकित दरका कुल ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्नेछ।

स्थानीयका लागि जारी आईपीओमा २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेखको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका–३ का बासिन्दाले आवेदन दिन पाउनेछन्। बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका–३ बाहेक दैलेख जिल्लावासीले खरिद आवेदन दिन पाउनेछन्।

यसैगरी कम्पनीले जारी पुँजीको ३९ प्रतिशत अर्थात् १९ हलाख ८८ हजार २३६ कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। त्यसमा १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल रहेको छ। यस आईपीओमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।

यस आईपीओमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलेले असार २१ गतेसम्म आवेदन दिन पाउने छन्।  तर स्थानीयलाई खुला गर्ने आईपीओमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा साउन ५ गतेसम्म अव्दन दिन पाउने छन्।

यस आईपीओ स्थानीयले आयोजनास्थल (नौमुले बजार), दैलेखस्थित एनआईसी एसिया बैंक (नयाँबजार), ग्लोबल आइएमई बैंक (देवकोटा चोक) र प्रभु बैंक (नयाँबजार)बाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *