दुई दिनमा १ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३२ जेठ २०८० १०:४७
1.3k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार  रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *