महिला क्रिकेटमा नेपाल र भारतले अंक बाँडे

डिसी नेपाल
३२ जेठ २०८० १५:१२
1.8k
Shares

काठमाडौं। एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगितामा नेपाल र भारत ए को खेल रद्द भएको छ । वर्षा र चिसो मैदानका कारण आजको खेल हुन नसकेपछि रद्द भएको हो ।

नेपाली समय अनुसार बिहान ११. १५ बाट सुरु हुनुपर्ने खेल मैदान खेल्न योग्य नभएपछि सुरू रै नभइ रद्द भएको हो । यससँगै नेपाल र भारतले अंक बाँडेका छन् । पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आजको खेल रद्द भएपछि १ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले अर्को खेल हङकङसँग शनिबार खेल्नेछ । शनिबारको खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे सुरू हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.