धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार २० असारदेखि
काठमाडौं। धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० गतेदेखि सुरू हुने भएको छ।
दुवै बैंक मर्जर प्रक्रियामा गएपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै बैंकको बैशाख २६ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए।
गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको थियो।मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय बागलुङको बागलुङ नगरपालिका–२ बागलुङमा रहनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment