यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य ?

डिसी नेपाल
३ असार २०८० ८:५४
536
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार मालदह आँप ७०, भारतीय लीच्ची २५०, लोकल लीच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ।

लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, मटरकोशा प्रतिकेजी मूल्य १५०, घिउ सिमी राजमा ९०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ४०, आलु रातो ४०, भारतीय गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ६, लौका ५० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, ब्रोकाउली ७०, कागती १५० रुपैयाँ, चमसूरको साग १००, न्यूरो  ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ७०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा ३१०, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *