दोल्ती पावर कम्पनीको कस्तो छ वित्तीय अवस्था ?

डिसी नेपाल
३ असार २०८० ९:५७
72
Shares

काठमाडौँ। दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ह्वातै घटेको छ।

चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीले ५ करोड ७३ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ५० लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो।

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै खुद नाफा प्रभावित भएको हो। गत वर्ष यसैअवधिमा यस कम्पनीले ८ करोड ३७ लाख ४ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा यो वर्ष ६ करोड १ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ।

चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा छ। यस कम्पनीले केही समय पहिले मात्रै आइपीओ जारी गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *