सेयर बजारमा हरियाली, ५२.२६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१८ अंकले बढेर ३९०.५६ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ३६ करोड ६४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सोल्टी होटलको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ उपसुचकबाहेक बाँकी सबै उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा नेपाल इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, शिवम् पावर र सिटिजन म्युतुअल फण्ड -१ का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment