एसियाडका लागि ६ खेलाडी छनोट

डिसी नेपाल
६ असार २०८० १४:०१
72
Shares

काठमाडौँ। नेपाल स्क्वास राकेट्स संघले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज ६ जना खेलाडी चयन गरेको छ।

संघले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ र महिलातर्फ समान तीन/तीन खेलाडी छनोट गरिएको हो।

एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन छन् भने महिलातर्फ विपना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठ छन्। प्रशिक्षकको भूमिकामा हीराबहादुर थापा र टीम व्यवस्थापकमा संघका अध्यक्ष किशोर महर्जन रहेका छन्।

एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ। एसियाड आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.