साफ च्याम्पियनसिपः पहिलो खेलमा नेपाल कुवेतसँग पराजित
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको पहिलो खेलमा नेपाल कुवेत पराजित भएको छ ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको पहिलो खेलमा नेपाल कुवतेसँग ३–१ गोलले पराजित भएको हो । कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे । नेपालका अन्जन विष्टले एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा उनले गोल गरेका हुन् ।
यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ६८ औं मिनेटमा नेपालका अन्जनले गोल गरेपनि नेपाल ३–१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।







डिसी नेपाल








Facebook Comment