हिमालयन बैंकको २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
७ असार २०८० १२:१६
320
Shares

काठमाडौँ। हिमालयन बैंकले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।  संस्थापक सेयरधनी यस्वस्विका इन्टरनेसनल प्रालि, प्रकाश तायल, धर्मभक्त बल्ल, गिरेन्द्र मान सिंह श्रेष्ठ, रामप्रकाश श्रेष्ठ र निता गुरुङ रहेका छन्।

संस्थापक सेयरधनी यस्वस्विका इन्टरनेसनल प्रालिको १५ लाख ९० हजार कित्ता, प्रकाश तायलको ३ लाख ३३ हजार ३४८ कित्ता, धर्मभक्त बल्लको १ लाख ४१ हजार ११६ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता, रामप्रकाश श्रेष्ठको १३ हजार १५३ कित्ता र निता गुरुङको ९ हजार ३५९ कित्ता छन्।

यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाडौँको कमलादीस्थि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *