विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले टस जित्यो

डिसी नेपाल
७ असार २०८० १२:५७
328
Shares

काठमाडाैं। आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

यससँगै अब वेस्ट इन्डिजसले पहिला ब्याटिङ गर्नेछ। आज उत्कृष्ट मनोबलका साथ नेपालले वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। नेपालले आफनो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । कुनै पनि खेलमा नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो।

समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। समूह ‘ए’ को पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकामाथि छ विकेटको जित हात पारेको थियो।

यता वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो। वेस्ट इन्डिजले समूहको आज दोस्रो खेल खेल्दैछ। एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ।

यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अंक तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। वेस्ट इन्डिज र नेपालले समान दुई अंक जोडेका छन्। त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्यान्ड्स पाँचाैं स्थानमा छ।

उक्त प्रतियोगिताको समूह ‘बी’मा संयुक्त अरब इरिमेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।  सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टोलीले स्थान बनाउने छन्।

सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन्।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दिप लामिछाने र ललित नारायण राजवंशी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.