नेपाललाई पहिलो विकेट, करणको बलमा काइल मेयर्स आउट
काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारेमा वेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ।
ब्याटिङ गरिहेको वेष्ट इण्डिजले पहिलो विकेट गुमाएको छ। दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजका काइल मेयर्स आउट भए। उनी करण केसीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका हुन्। उनले ४ बल खेलेर १ रन बनाए।
समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। समूह ‘ए’ को पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकामाथि छ विकेटको जित हात पारेको थियो।
यता वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो। वेस्ट इन्डिजले समूहको आज दोस्रो खेल खेल्दैछ। एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ।
यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अंक तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। वेस्ट इन्डिज र नेपालले समान दुई अंक जोडेका छन्। त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्यान्ड्स पाँचाैं स्थानमा छ।
उक्त प्रतियोगिताको समूह ‘बी’मा संयुक्त अरब इरिमेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टोलीले स्थान बनाउने छन्।
सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन्।
नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दिप लामिछाने र ललित नारायण राजवंशी छन्।







डिसी नेपाल








Facebook Comment