थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका
काठमाडौँ। थ्रीस्टार हाइड्रोपावरले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिंग कारोबार समयसम्म मात्र यस आईपीओमा आवेदन दिन सकिने छ।
कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणका लागि ७ लाख ३८ हजार ७५० कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकिएको छ।
बाँकी रहेको ६ लाख ६४ हजार ८७५ कित्तामा कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएरको छ। बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।







डिसी नेपाल







Facebook Comment