निरन्तर घट्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
८ असार २०८० १०:४८
4.5k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिहीबार प्रति तोला १ लाख १० हजार ५ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *