राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

डिसी नेपाल
८ असार २०८० १२:०६
2.5k
Shares

काठमाडौँ।  राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै  ४६५ जना  स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। बैंकले सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)तहसम्मका पदका लागि दरखास्त माग गरेको हो।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ। जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी माग गरिएको छ।

कुल पदमध्ये सहायक (प्रशासन र नगद)मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्न लागिएको छ। यो पदका लागि प्लस टु उत्तीर्ण भए पुग्छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले १० असारदेखि असार ३० गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक साता साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *