रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन, आईपीओ जारी गर्न माग्यो पुनः अनुमति

डिसी नेपाल
८ असार २०८० १५:०९
464
Shares

काठमाडौँ।  रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ। यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो ।

अहिले यसले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ। रिलायबलले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो।

यसको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *