आइसीसीले गर्यो अमेरिकी बलर कायल फिलिपलाई निलम्बन
ICC
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिकाका तीव्र गतिका बलर कायल फिलिपलाई निलम्बन गरेको छ । गलत बलिङ एक्सनको कारण उनलाई निलम्बन गरेको आइसीसीले जनाएको छ ।
जिम्बावेमा जारी विश्वकप छनोटको वेस्ट इन्डिजसँगको खेलको क्रममा उनको बलिङ एक्शनलाई लिएर म्याच रेफ्रीले रिपोर्ट गरेका थिए ।
उनले आफ्नो बलिङ एक्शन नसुधारे सम्म पुन बलिङ गर्न नपाउने निर्णयमा आइसीसी पुगेको छ । फिलिपले पछिल्लो खेल विश्वकप छनोटमा नेपालविरुद्ध खेलेका थिए ।
नेपालविरुद्धको खेलमा फिलिपले ७ ओभरमा विना विकेट ४९ रन खर्चिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment