साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी

डिसी नेपाल
९ असार २०८० २१:०९
768
Shares

काठमाडौं । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

कुवेतको जीतमा मुबारक फानिनीले दुई गोल र सुल्तान इनिजी र इद राशिदीले समान एकरएक गोल गरे । खेलको १०औँँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७औँ मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गरे भने ९औँ मिनेटमा राशिदीले गोल गरेका थिए ।

जीतसँगै समूह ‘ए’ मा रहेको कुवेतले दुई खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले नेपाललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । पाकिस्तान भारतसँग पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.