आजको तरकारी तथा फलफूलको मूल्य, भारतीय प्याँज प्रतिकेजी ४५ रूपैयाँ

डिसी नेपाल
१० असार २०८० ९:४२
1.6k
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार मटरकोशा प्रतिकेजी न्यूनतम मूल्य १८० रूपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५ रूपैयाँ, घिउ सिमी राजमा ८० रूपैयाँ, कुरीलो प्रतिकेजी २०० रूपैयाँ, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४२ रूपैयाँ, नेपाली गोलभेडा ठूलो ४० रूपैयाँ, टनेल गोलभेडा सानो ८ रूपैयाँ, लौका ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ९० रूपैयाँ, कागती १५० रुपैयाँ, तोरीको साग ३० रूपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, अदुवा प्रतिकेजी २८० रूपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १२० रूपैयाँ, अनार ४०० रुपैयाँ, किवि.७०० रुपैयाँ, अंगुर कालो ५५० रूपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५ रूपैयाँ, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप ७० रूपैयाँ, हरियो धनिया ९० रूपैयाँ, लोकल लिच्ची १०० रूपैयाँ, खुर्सानी सुकेको ४५० रूपैयाँ, लसुन १५० रूपैयाँ, चाइनिज लसुन २०० रूपैयाँ, छ्यापी सुकेको १२० रूपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *