सेयर बजार हरियाली, ६२.२१ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
१० असार २०८० १५:१५
208
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट  अग्रिम स्थानमा छ। यसको आज ४९ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, शिवम पावर र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *