सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको कारोबारमा ७ कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ। सेयर भाउ बढ्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५० र सिमलिंग पावर कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ।
यस्तैगरी, बिपीडब्लू लघुवित्तको सेयर भाउ ९.९९ प्रतिशत, सिटी होटल र शिभम् सिमेन्टको सेयर भाउ ९.९८ प्रतिशतले बढेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment