खेलकुदमन्त्रीको जवाफ- धुर्मुस-सुन्तली क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्न १ लाख छुट्याइयो

डिसी नेपाल
१० असार २०८० १६:१४
496
Shares

काठमाडौं। खेलकुदमन्त्री डिग बहादुर लिम्बुले धुर्मुस-सुन्तली क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख बिनियोजन गरिएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले उक्त रंगशाला निर्माणको बाँकी काम पुरा गर्न सरकारले स्वामित्व ग्रहण गर्ने र त्यसपछि आवश्यक स्रोत जुटाएर रंगशालालाई सम्पन्न गर्ने बताएका हुन्।

उनले एक स्थानीय तह एक खेलकुद पूर्वाधार कार्यक्रम अन्तर्गत १७० स्थानीय तहमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको जिकिर गरे। त्यस्तै ७ सय ५३ वटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्प प्रतियोगीता गर्न बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए।

उनले खेलाडीहरुको बृत्तिबिकास गर्दै बिभिन्न प्रतियोगीतामा भाग लिने वातावरण बनाउने बताए। चीनको होङझावमा सेप्टेम्बर २३ देखि अक्टुबर ८ सम्म हुने एसियाली खेलकुदका लागि २९ खेलका लागि २३३ खेलाडीहरुको बन्द प्रशिक्षण भइरहेको मन्त्री लिम्बुले जानकारी दिए।

मन्त्री लिम्बुले राखेपलाई खेल क्षेत्रको बिकासका लागि जवाफदेही काम गर्ने गरि पूर्णरुपमा जिम्मेवारी दिने र खेलको पूर्वाधार निर्माणका लागि मन्त्रालयले नै आवश्यक योजना बनाउने गरि काम अघि बढेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.