दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौँ। दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। आइतबार (असार १० गते) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ। नियमन निकायले अनुमति दिएको खण्डमा कम्पनीले २६ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ।
हकप्रद जारी गर्ने निर्णय विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जनाएको छ। हकप्रदबाट उठेको रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment