नेसनल हाइड्रोपावरले २९ असारदेखि हकप्रद सेयर जारी गर्ने

डिसी नेपाल
११ असार २०८० ११:३२
76
Shares

काठमाडौँ। नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद सेयर २९ असारदेखि जारी गर्ने भएको छ। कम्पनीले १०ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि असार १ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ ३२ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिममा रहेको संकेत गर्दछ। कम्पनीको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुंग शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *