राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न धितोपत्र बोर्डको आशा लघुवित्तलाई पूर्वस्वीकृति
काठमाडौँ। राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न नेपाल धितोपत्र बोर्डले आशा लघुवित्तलाई सैद्धान्तिक सहमति दिएको छ। बोर्डले पत्र पठाउँदै प्राप्तीका लागि पूर्वस्वीकृति दिएको हो। यो सँगै दुई लघुवित्तको एक्विजिशन प्रक्रिया अघि बढेको छ। प्राप्ति तथा मर्जरमा जाने कम्पनीहरुले प्रत्यक्ष नियामकसहित धितोपत्र बजार नियामकबाट पनि स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ।
प्रत्यक्ष नियामक नेपाल राष्ट्र बैंकले यी दुई कम्पनीलाई प्राप्तीका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ। राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले आशा लघुवित्तलाई सैद्धान्तिक सहमति दिएको छ। यसअघि, यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ। आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ।







डिसी नेपाल







Facebook Comment