सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सलाई
राजविराज । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो। पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कन्चनरुप राइनोजले दिएको १४५ रनको लक्ष्य ३ बल बाँकी रहंदा पछ्याउदै बजाज खडक वारियर्सले उपाधि आफ्नो पक्षमा पर्यो।
लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले विकेट नगुमाई ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्याए। सुश्लिंगले अविजित ४६ रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले पाँचौ विकेटको लागि बिबेक यादवसंग ३० रनको, छैठौं विकेटको लागि दिनेश अधिकारीसंग ३६ रनको तथा सातौँ विकेटको लागि अनिल यादवसंग अविजित २२ रनको साझेदारी गरे।
रोमान्चक बनेको खेलको अन्तिम २ ओभरमा ८ बलमा जित्न २० रन आवस्यक थियो। सो अवस्थामा राशिद खानले गरेको १९ औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे। अन्तिम ओभरमा १२ रन आवस्यक रहंदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका विशाल सुश्लिंगले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।
वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए। कन्चनरुपको बलिंगमा चित्र बिस्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १र१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनायो। कन्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए। बजाज खडक वारियर्सको बलिंगमा कप्तान बिबेक यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १र१ विकेट लिए।
प्रतियोगिताको उपाधि सहित बजाज खडक वारियर्सले तिन लाख रुपैयाँ हात परेको छ। उपविजेता कन्चनरुप राइनोजले एक लाख पचास हजार रुपैयाँ पायो। प्लेयर अफ द सिरिज घोषित कन्चनरुप राइनोजका राशिद खान घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृस्ट बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित भए। उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १५ हजार रुपैयाँ पाए। यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए जसले क्रिकेट किट प्राप्त गरे।







डिसी नेपाल







Facebook Comment