आशिषकाे गोलमा नेपाल विजयी

डिसी नेपाल
१२ असार २०८० १७:४३
3.6k
Shares

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो । नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो । खेलको ८० औं मिनेटमा आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा आशिषले उत्कृष्ट गोल गरे । आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।

जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.