अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिंग कारोबार समयसम्म लगानीकर्ताले यस आईपीओमा आवेदन दिन पाउने छन्।
कम्पनीले सर्वसाधारणका लागि असार १० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्बसाधारणको लागि जारी गर्ने भनेर छुटाईएको ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।
अव बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने छ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउने छन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment