कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएकाे छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको र यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको प्रधानमन्त्री दाहालको भनाइ छ।
हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको र यसले जनतामा विश्वास जाग्न सुरु भएको उनले बताए ।
उनले भने, ‘नक्कली भुटानी शरर्णाी प्रकरणबाट सरकारले कानुनको सर्वोच्चता मात्र स्थापित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ।’







डिसी नेपाल








Facebook Comment