सेयर बजार राताम्मे, ३५.३७ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१३ असार २०८० १५:१२
208
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले घटेर ४०२.७५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ८३ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स र बिपीडब्लु लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, इङ्ग्व हाइड्रोपावर र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *