बजेट पारित गर्न संसदमा मतविभाजन हुँदै

डिसी नेपाल
१३ असार २०८० १६:३२
196
Shares

काठमाडौं । विनियोजन विधेयक २०८० पारित भएको एकीन गर्न प्रतिनिधिसभा बैठकमा मतविभाजन गरिँदै छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गरे । तर, एमालेका सचेतक विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई लागेकाले मतविभाजन गर्न माग गरे ।

सभामुख देवराज घिमिरेले २८ जनामध्ये बढी सदस्यहरुले उठेर मतविभाजनको माग गरिएकाले सोहीअनुसार हुने जानकारी दिए । अहिले मतविभाजनका लागि प्रक्रिया चलिरहेको छ ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा। प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.