गुरु कुट्नेलाई सरकारले संरक्षण र प्रोत्सहन गर्‍यो : केपी ओली

डिसी नेपाल
१४ असार २०८० १३:२०
164
Shares

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौं भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए।

प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका उनले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए। गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको उनको भनाइ छ।

ओलीले नेपालमा शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण नरहेको पनि बताए। ओलीले केही वर्ष अघि बिभिन्न कारणले नेपालको शिक्षा क्षेत्र पछि पर्दै आएको भन्दै अव भने शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताए।

नेपालमा बिकासको सम्भावना रहेको र थुप्रै काम गर्न बाँकी रहेकाले युवा तथा विद्यार्थीहरुले मुलुकमा नै योगदान गर्नुपर्ने उनले बताए। उनले देशप्रति गर्व नगर्ने प्रवृति देखिएको भन्दै नयाँ पिँढीहरुले देशप्रति गर्व गर्नुपर्ने उल्लेख गरे।

ओलीले नेपालका शिक्षालाई व्यवहारिक रुपमा प्रकट गर्नेगरि रुपान्तरण गर्नुपर्नेमा जोड दिए। नेपालमा पढेका विद्यार्थीहरु विश्वका कुनै ठाँउमा जादा पनि अवसर पाउने गरि शिक्षा प्रणालीलाई बिकास गर्नुपर्ने उनकाे भनाइ थियाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.