तरकारी तथा फलफूलको आजको मूल्य, तोरीको साग ४० रूपैयाँ मुठाे

डिसी नेपाल
१५ असार २०८० १०:०६
236
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४ रुपैयाँ, घिउ सिमी लोकल १०० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ४० रुपैयाँ, आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ५० रुपैयाँ, टनेल गोलभेडा सानो २५ रुपैयाँ, लौका ७० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २४० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ, तोरीको साग ४० रूपैयाँ, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ७० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ, अनार ३८० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५२० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५ रुपैयाँ, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप ७० रुपैयाँ, हरियो धनिया १०० रुपैयाँ, लोकल लीच्ची १०० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, लसुन १५० रुपैयाँ, चाइनिज लसुन २१० रुपैयाँ, छ्यापी सुकेको १२० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *